काँकडभिट्टा (झापा), २६ असार –
इलाका प्रशासन कार्यालय गौरीगन्जबाट ६७० जनाले नागरिकता लिएको तथ्याङ्कले देखाएको छ ।
झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरिएको कार्यालयबाट यही असार १५ गतेसम्ममा नागरिकता दिलाइएको हो ।
इप्रका गौरीगन्जले नागरिकता, राहदानी, नाबालक परिचयपत्र, उजुरी, शान्तिसुरक्षा, बजार अनुगमन र सीमा निरीक्षणजस्ता काम गर्दै आएको छ ।
इप्रकाका शाखा अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार यही असार १५ गतेसम्ममा ४४१ जनाले नागरिकताको प्रतिलिपि र सात जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नाबालक परिचयपत्र १५ जना र द्रुत राहदानी सिफारिस ११६ जनाले लिएको आचार्यले बताउनुभयो ।
यसैगरी ४८० जनाले नयाँ राहदानी लिएका छन् । संस्था नवीकरण दुई तथा ठाडो उजुरी निवेदन १६ जनाको परेको छ । हाल झापामा सदरमुकाम चन्द्रगढी, दमक र गौरीगन्ज प्रशासनबाट नागरिकता, राहदानी लगायत सेवा प्रदान भइरहेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution