घाचोकमा भुमे बराह तातोपानी कुण्ड बन्दै

पोखरा, २६ असार –

कास्कीको घाचोक गाविस वडानं १ काङमाङमा रहेको पुरानो पँधेरोलाई व्यवस्थित गरि धार्मिक तथा पर्यटकिय महत्तव दिने उदेश्यले भुमे बराह तातोपानी कुण्ड निर्माणको काम सुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पहिला भुमे देवता र तातोपानीको रुपमा समेत चिनिने उक्त स्थानमा अहिले २१ धारा निर्माण गरि सकिएको छ भने पँधेरोको चारैतिर सिमेन्ट वाल, पानी पोखरी तथा विचमा कुण्ड निर्माण गरि शिवजीको मन्दिर निर्माण गर्ने तयारी थालनी भएको छ । त्यसका साथै आसपासमा पाटीपौवा, पिकनिक स्थल तथा बृक्षारोपण गरि वरिपरि हरियाली वनाउनको लागि घाचोक गाविसका साथै छिमेकी गाविसहरुवाट समेत एक घर पाँच फुल अभियानका साथ वृक्षारोपण गरिने भएको छ । पर्यटन मन्त्रालयवाट प्राप्त दुई लाख तथा जिविस कास्कीवाट प्राप्त भएको एक लाख गरि ३ लाख रुपैयाँवाट पँधेरोको वरिपरि वाल निर्माण तथा दुवैतर्फ सिँडी निर्माण, पानीपोखरी तथा २१ धारा निर्माण गरि सुचारु भएको छ । २०७२ माघ देखी काम सुरु गरेको निर्माण समितिले २०७३ मंसिर महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । यो कार्य सम्पन्न गर्नको लागि ३५ देखी ४० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक ईस्टिमेट गरिएको निर्माण समितिका अध्यक्ष तथा स्थानीय समाजसेवी रविलाल पोखरेलले जानकारी दिए ।

hot spring

समितिले सुरु गरेको काम सफल भएमा ठुलो धनराशी खर्च गरेर मुक्तिनाथ तथा काठमाण्डौँ बालाजुमा २२ धारामा नुहाउन तथा तिर्थाटनको लागि जान नपर्ने र मुक्तिनाथको विकल्प यसलाई वनाउन सकिने भनाई समितिका अध्यक्ष पोखरेलको रहेको छ । यो कार्य प्रश्तावित प्रदेश नं ४ कै उदाहरणिय कार्य भएको र यसवाट घाचोकमामात्र नभई यस आसपासका गाविसहरुमा समेत स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण वढ्न गई स्थानीयवासीको आर्थिक अवस्थामा समेत सुधार हुने भनाई तातोपानी कुण्डका परिकल्पनाकार तथा निर्माण समितिका सचिव महेश्वर पोखरेलको रहेको छ । धर्मतिर्थ जहाँ गरेपनि एउटै भएको र यतिको सुगम स्थानमा आएर तिर्थ गर्दा आर्थिक देखी समयको हिसावले समेत फाईदा हुने र यस कार्यलाई एक पटक स्थलगत रुपमा आएरै अवलोकन गरी अभियानलाई सहयोग गर्न निर्माण समितिले संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय तथा दानविरहरुमा समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button