उत्पीडितलाई अधिकार दिलाउन बुद्धिजीवी लाग्नुपर्छ – अध्यक्ष दाहाल

काठमाडौँ, २६ असार –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित वर्गको पक्षमा आवाज उठाउन र उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनको राष्ट्रिय एकता भेलालाई यहाँ आज उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको नयाँ संविधानले केही अधिकार स्थापित गरेको भए पनि उत्पीडित वर्गका पक्षमा पूर्ण अधिकार प्राप्त नभएकाले त्यसका लागि बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

माओवादी आन्दोलन नयाँ विकासका क्रमबाट अघि बढेको र त्यसै क्रममा पछिल्लो पटक पार्टी एकतासमेत भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न बुद्धिजीवी वर्ग उत्पीडितसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो । माओवादी अब नयाँ विचार संश्लेषण गरेर अगाडि बढ्ने र २१औँ शताब्दीको विज्ञान, चेतना सबैलाई सम्बोधन गर्नेगरी नेतृत्व दिने नयाँ विचारको संश्लेषण जरुरी रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले उत्पीडित वर्गलाई आत्मकेन्द्रित व्यक्तिवादको सहारामा नै विश्व साम्राज्यवादले एकजुट हुनबाट रोक्दै आएको स्पष्ट पार्दै आम जनताको मुक्तिको निम्ति अगाडि बढेको पार्टीविरुद्ध नकारात्मक ढङ्गले प्रचार गरिएकाले त्यसविरुद्ध जुट्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । गल्ती स्वीकार गर्न नसक्ने क्रान्तिकारी नै हुन नसक्ने भन्दै उहाँले गल्ती स्वीकार्न नसक्ने एकतामा नआएको भएपनि केही समयपछि माओवादीका नाममा रहेका अरु समूह पनि एकतामा आउने बताउनुभयो ।

अध्यक्ष दाहालले बुद्धिजीवी सङ्गठनले वैचारिकरुपमा पार्टीलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने र नयाँ निर्वाचित हुने नेतृत्वले वैचारिक र नीतिगत रुपमा पार्टीलाई सहयोग, सल्लाह, सहयोग गर्ने सशक्त बौद्धिक समूह बनाउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button