अन्तराष्ट्रिय फुटबलमा पोर्चुगललाई ऐतिहासिक सफलता

  • पोखरा न्यूज
  • २०७३ अषाढ २७
अन्तराष्ट्रिय फुटबलमा पोर्चुगललाई ऐतिहासिक सफलता

पोखरान्युजडटकम, २७ असार –

१५ औ संस्करणको युरोकप फुटवलको उपाधि पोर्चुगलले जितेको छ । आज बिहान भएको प्रतिस्पर्धात्मक फाईनलमा आयोजक फ्रान्सलाई १–० ले हराउदै पोर्चुगलले अन्तराष्ट्रिय फुटवलमा ऐतिहासिक सफलता हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । १ सय ९ औं मिनेटमा सब्टिच्युट खेलाडी ईडरको एकमात्र गोलनै पोर्चुगललाई इतिहास रच्न पर्याप्त भयो ।

२५ यार्ड टाढाबाट उनले प्रहार गरेको बलले सिधा पोष्टको दिशा लिएको थियो । खेलको २५ औ मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डो घुँडाको चोटका कारण मैदान बाहिरिएपछि पोर्चुगल दबावमा देखिएको थियो । फ्रान्सेली खेलाडी दिमित्री पेयेटसंगको ट्याकलमा घुँडामा समस्या भएपछि उनी मैदानमै ढलेका थिए । प्राथमिक उपचारपछि पुन मैदानमा छिरेपनि समस्या थप बल्झिएपछि उनी मैदान छाड्न बाध्य भएका थिए । उनी भावुक मुद्रामा मैदानबाट बाहिरिएपछि फ्रान्स खेलमा केही हाबी बनेको थियो ।

यद्यपी उसका केहि शसक्त प्रहारलाई पोर्चुगीस रक्षक रुई पेट्रिसियोले उत्कृष्ट बचाव गरेका थिए । समुह चरणका तीनै खेलमा बराबरी नतिजा निकाल्दै भाग्यमानी टोलीका रुपमा नकआउट चरणमा प्रवेश पाएको पोर्चुगलले अन्ततस् उपाधि नै उचाल्यो ।

यसअघि सन् २००४ को युरोकपमा उपाधि नजिक पुगेपनि ऊ आफ्नै भुमीमा ग्रीससंग एक शुन्यले पराजित भएको थियो । त्यस बाहेक सन् २००६ को बिश्वकपको सेमिफाईनल र २०१२ को युरोकपको सेमिफाईनलमा पुग्नु नै उसका ठुला उपलब्धि थिए ।

फ्रान्सलाई उसैको घरेलु मैदानमा हराएर पोर्चुगलले प्रतियोगीताको उपाधि मात्र जितेन, आफुबिरुद्ध लामो समययता अपराजित रहदै आएको फ्रान्सको यात्रामा समेत पुर्णबिराम लगाएको छ ।

फोटो: – एजेन्सीको सहयोगमा



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस