कतारमा एक नेपालीको मृत्यु

राजविराज, २७ असार –

रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् ।

चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए ।  कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।

मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button