भूकम्पपीडितलाई सहुलियतको काठ वितरण

चौतारा, २७ असार –

वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले राष्ट्रिय परिस्थिति केही सहज भए पनि जिल्लाको परिस्थिति एकदम जटिल भएको चर्चा गर्दै डटेर सामना गर्न सरकार तथा स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भूकम्पपीडितको क्षतिग्रस्त घर पुनःनिर्माण गर्न सहुलियत दरमा उपलब्ध गराइने काठ वितरण कार्यको सिन्धुपाल्चोकको मेलचौरमा आइतबार शुभारम्भ गर्दै मन्त्री सापकोटाले सरकारले बहुआयामिक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ल्याएको र सोही नीतिअनुसार तराईको जिल्लाबाट ढलापढा, सडेका र उमेर पुगेका सालका रुख प्रयोग गरी भूकम्पपीडित जिल्ला र त्यसपछि बाढीपीडित र अग्नि पीडित परिवारलाई क्रमिक रुपमा वितरण गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले जिल्लामा ६० लाख क्युफिट सालको काठको आवश्यकता पर्ने र भूकम्पपीडितले घर बनाउन सुरु गरेपछि नगरपालिका तथा गाविसको सिफारिसमा ९० प्रतिशत राजस्व छुटमा प्रतिव्यक्ति २५ क्युफिट सालको काठ उपलब्ध गराइने जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री सापकोटाले गत वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले घरको शिलान्यास गर्नुभएको चौतारा नपा–३ का सर्वे तामाङ, किरण श्रेष्ठ र दीपक श्रेष्ठलाई काठ वितरणको पुर्जी प्रदान गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button