डोटी, २७ असार –
आइतबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण केआइ सिंह राजमार्ग अवरुद्ध भएको छ ।
डोटीको लाटामाडौँ गाविसको तिललातीदेखि मुडे गाविसको कालागाडसम्म करिब ११ किलोमिटर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।
वर्षाका कारण ठाउँठाउँमा सडक माथिको भागबाट पहिरो आउँदा उक्त राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।
अवरुद्ध सडकलाई सञ्चालन गर्न तिललाती प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा डोजर लगाएर मर्मतको काम भइरहेको विष्टले बताउनुभयो । कैलालीको धनगढीदेखि डोटी अछाम हुँदै बाजुरासम्म जोड्ने राजमार्ग अवरुद्ध हुँदा रात्रि सेवाका तथा दिवा सेवाका सवारीसाधन सोही स्थानमा अड्केर बसेका छन्।
अहिले पनि वर्षा भइरहेका कारण राजमार्ग अझै अवरुद्ध हुनसक्ने खतरालाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय डोटी सडक डिभिजन कार्यालयलगायत स्थानीयवासीलाई तयारी अवस्थामा राखिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution