मुस्ताङ, २७ असार –
जिल्ला प्रशासन कार्यालय मुस्ताङले मार्फास्थित नरबहादुर हिराचनको कम्पनी र होटलबाट ठुलो परिमाणमा आइतबार अवैध मदिरा नियन्त्रणमा लिएको छ ।
बजार अनुगमनका क्रममा त्यहाँ पुगेका सरकारी टोलीले हिराचनको डिस्टिलरी कम्पनीबाट ५४ बोतल अवैध स्याउको ब्रान्डी नियन्त्रणमा लिएको हो । ती बोतलमा अन्तशुल्कको स्टिकर नलगाइएका कारण नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका लेखापाल यमनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, मार्फास्थित कोसेली घरबाट १०१ बोतल, सस्तो होटल पसलबाट ६ बोतल ब्रान्डी, टुकुचे गाविसस्थित कमला थकालीको घरबाट ११ बोतल, ज्ञानबहादुर थकालीको घरबाट २५५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको छ ।
अवैध मदिरालाई नियन्त्रणमा लिएर नष्ट गरेको उहाँले बताउनु भयो । पहिलो चरणमा स्थानीय व्यवसायीलाई सचेत गराइए पनि अटेर गर्ने व्यवसायीबाट मदिराजन्य पदार्थ नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ । मुस्ताङमा स्याउबाट ब्रान्डीलगायतका घरेलु मदिरा उत्पादन गर्ने गरिन्छ । घर–घरमा सत्कार स्वरुप राखिएका मदिरा पनि नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि स्थानीयवासी भने आक्रोशित बन्न थालेका छन् ।
वैशाख महिनादेखि विभिन्न सरोकारवाला निकायको सहकार्यमा बजार अनुगमनलाई तीव्रता दिइएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution