ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान, २७ असार –

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा गएराति ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक पैदलयात्री घाइते भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स३प ५०५८ नम्बरको मोटरसाइकलले धनगढीमाई नगरपालिका–१० स्थित सडकमा भैँसी डोराई बाटो काट्दै गरेका पैदलयात्रीलाई जोगाउन खोज्दा अगाडि रहेको स१त ३१७५ नम्बरको ट्र्याक्टरको पछाडि मोटरसाइकल ठोक्किएर सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–२२ निवासी गुदर मुखियालाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट सिरहाको सोठियाइन–९ निवासी रामआशिष यादव घाइते भएको र यादवको रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button