बालिका बलात्कारको आरोपमा तीन पक्राउ

बैतडी, २७ असार –

बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–६ मैनाका २२ वर्षीय झलक बोहरा, २३ वर्षीय हिमाल धामी र २१ वर्षीय अमृत रोकाया रहेका छन् ।

तीनै जनाले स्थानीयवासी १४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार पक्राउ गरेको हो । उनीहरुले गत हप्ताको शुक्रबार राति घरमै गएर बालिकालाई बलात्कार गरेको प्रहरीको बताएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्घ जबर्जस्ती करणी मुद्दा दायर गरी थप अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button