भक्तपुर, २७ असार –
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले कारबाही गरेका व्यक्तिलाई सरकारले कुनै पनि सम्मान गर्न नहुने बताउनुभएको छ ।
रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकमा नेपालीको अग्रसरता बढ्दै गए तापनि सहजै सूचना उपलब्ध गराउने परम्पराको थालनी अझै भइनसकेको बताउनुभयो । उहाँले संविधान संशोधन गर्दा सूचना हकको धारा २७ त्रुटिपूर्ण र अपुरो रहेकाले त्यसमा परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सूचना अधिकारी सरकारकै पुराना कर्मचारी भएकाले केही अवरोध भएका कारण सञ्चार र कानुन अध्ययन गरेकालाई सूचना अधिकारी नियुक्ति गर्न सके सूचनाको हकमा सहजता आउने उहाँको भनाइ थियो ।
सूचना आयोगको गठनसँगै एक हजार ६०० मुद्दामा फैसला गरिसकेको भन्दै उहाँले सूचनाको हकमा अवरोध पु¥याउने र नेपालीले मागेको सूचना उपलब्ध गराउन हिचकिचाहट गरे उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution