सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको – उपप्रधानमन्त्री गच्छदार

विराटनगर, २७ असार –

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिनुभयो । उहाँले सहमतीय सरकार निर्माण गर्ने विषयमा छलफल जारी रहे पनि नेतृत्वको विषयमा टुङ्गो नलागेको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले वर्तमान गठबन्धनको सरकारमा देखिएका मतभिन्नतालाई अन्त्य गर्दै प्रभावकारी रुपमा सरकार सञ्चालन गर्ने विषयमा सरकारमा रहेका गठबन्धनका दलहरुबीच समझदारीसमेत भएको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान संंसद्को अवधि २०७४ माघ ८ गतेसम्म मात्र रहेकाले सोही समयावधिभित्र तीनवटा निर्वाचन गराउनुपर्ने बाध्यता रहेकाले दलहरुबीच सहमति आवश्यक रहेको धारणा प्रकट गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button