हुन्डी कारोबार गर्ने चारजना जेल चलान

ललितपुर, २७ असार –

अवैध रुपमा हुन्डी कारोबार गर्ने चार व्यक्तिलाई आइतबार नख्खु कारागार चलान गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीका अनुसार ललितपुर उपमहानगरपालिका–४ जावलाखेलस्थित नवीन रिसालको घरमा खड्गबहादुर गुरुङले सञ्चालन गर्दै आएको मगङ्ली ट्राभल्स प्रालिको दोस्रो तल्लामा असार २३ गते बिहान ११ बजे हुन्डी कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले तिनीहरुले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी धरान नगरपालिका–११ घर भई लाजिम्पाट बस्दै आएका विष्णु गुरुङ, सुनसरी इटहरी नगरपालिका–१ घर भई कोटेश्वर बस्ने सुरज गुरुङ, सङ्खुवासभा खाँदवारी–३ घर भई कोटेश्वर बस्ने भीमबहादुर खत्री र सङ्खुवासभा मानेभञ्ज्याङ–३ घर भई ललितपुर इमाडोल बस्ने दीपेश गुरुङ रहेका छन् ।

पक्राउ परेको स्थानबाट प्रहरीले रु एक लाख ८५ हजार १०५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकामध्ये विष्णु गुरुङले प्रयोग गर्दै आएको मोबाइलमा धर्मराज गुरुङ नाम गरेको व्यक्तिले विभिन्न मिति र समयमा रु ८६ लाख ६० हजार ८०० रुपैयाँको अवैध हुन्डी कारोबार गरेको देखिएको बताइएको छ ।

पक्राउ परेका व्यक्तिलाई जनही रु २३ लाख रुपैयाँ धरौटी राख्न भनिएकामा धरौटी राख्न नसकेपछि कारागार चलान गरिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button