पोखरा, २७ असार –
नेपालको पर्यटकिय नगर पोखरा र भारतको राजधानी नयाँ दिल्ली विच सोमवारवाट सिधा बस सेवा सुरु भएको छ । सोमवार गृहमन्त्रि शक्ति बस्नेत र नेपालका लागि भारतिय राजदुत रन्जित रे ले दुवै देशको झण्डा हल्लाएर बस सेवाको प्रारम्भ गरेका हुन । सो बसले सोमवार पोखरा बाट यात्रु लिएर दिल्ली तर्फ प्रस्थान गरेको छ । नेपालका तर्फबाट निजी लगानीको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स र भारतका तर्फ बाट उत्तर प्रदेश परिवहन निगमले संयुक्त रुपमा नेपाल भारत मैत्री बस सेवा सुरु गरेका हुन ।
बस सेवा शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै गृह मन्त्रि शक्ति वस्नेतले भारत र नेपाल विचको विशिष्ट सम्वन्धका कारण दुवै नागरिक विचको सम्वन्ध थप प्रगाढ भएकोे वताएका छन । उनले यस प्रकारको सेवाले दुई देश विचको नागरिक सम्वन्ध र अर्थिक गतिविधी लाई माथी उठाउन सहयोगी हुने समेत धारणा राखे ।
गृह मन्त्रि बस्नेतले पोखरा पर्यटन राजधानीको रुपमा विकसित र स्थापित भएको र विश्वको ध्यान यस तर्फ रहेको प्रशङ्ग उल्लेख गदैै पोखरा लगाएत सिङ्गो क्षेत्रलाई पर्यटनका माध्यम बाट जोडन बस सेवा थप सहयोगी हुने वताए । उनले भने –‘भारत र नेपाल विचको खुला सिमाना सङ्गै ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्वन्ध रहेकोले त्यसको जगमा सुरु भएको यातायत सेवाले अन्य गतिविधीहरु थप सुदृढ गर्न सहयोग मिल्ने छ ।’
बस सेवा शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै नेपालका लागि भारतिय राजदुत रन्जित रे ले पोखराको सौन्दर्यताले सवैको मन छोएको प्रसङ्ग उल्लेख गर्दै भने– ‘पोखरा पर्यटनका लागि महत्वपुर्ण गन्तव्य हो अझै यसमा धार्मिक तथा पर्यटनका अन्य गतिविधिलाई जेडन सकेमा फाइदा लिन सकिनेछ ।’ राजदुत रे ले यस क्षेत्रको पर्यटनलाई थप सुदृढ बनाउन भारतका अन्य शहरहरु सङ्ग समेत जोडन र बस सेवा सञ्चालनको सम्भाव्यताको खोजी गर्न आग्रह समेत गरे । उनले यस प्रकारको वस सेवाले दुई देश विचको नागरिक सम्वन्धलाई बलियो बनाउन सहयोग मिल्ने समेत वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवालीले भारत तर्फ नेपालका यात्रुलाई भारतिय प्रहरीले गर्ने गरेको व्यवहार र खुलेआम घुस माग्ने गरेको भनि राखेको तर्कमा राजदुत रे आफ्नो भनाई राख्दै त्यस्तो गरेको पाइएमा कारवाही हुने तथा कोही कसैले त्यस्तो गरेमा उजुरी गर्न समेत आग्रह गरे । अध्यक्ष ज्ञवालीले यस्तो प्रथा हटाउन र कहाँनेर के समस्या छ भनेर पत्ता लगाउनका लागि आजै सुचारु हुने बस सेवामा सादा पोशाकमा छड्के जाँच गरियोस भन्ने माग लाई स्विकार्दै आफूले त्यस्तो व्यवस्था मिलाउने आश्वाशन समेत दिलाए ।
कार्यक्रममा पूर्व मन्त्रि सत्या पहाडी, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइराला, यातायत व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ मोर्डन इराका केशव प्रसाद अधिकारी लगाएतले वोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution