शिक्षकविरुद्ध मुद्दा

काठमाडौँ, २७ असार –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय निमावि गर्दौल पर्साका शिक्षक ‘राजेश पटेल’ भनिने राजेशप्रसाद कुर्मीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार शिक्षक पटेलले प्राथमिक तहको शिक्षकमा नियुक्त हुन पेस गरेको विहार विद्यालय परीक्षा समिति, पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उतीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली रहेको पाइएको हो । आयोगले नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षक पटेलविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ ।

यस्तै आजै बारा डुमरबानास्थित बालज्योति प्राविमाका राहत दरबन्दीका शिक्षक बालकुमारी बस्नेतले नक्कली शिक्षक अनुमतिपत्र पेस गरी शिक्षकमा जागिर खाएको अभियोगमा अदालतमा मुद्दा दायर गरिएको छ । बस्नेतले जिल्ला शिक्षा कार्यालय, रौतहटबाट २०५९ साउन २४ गते लिइएको शिक्षक अध्ययन अनुमतिपत्र नक्कली एवम् झुटा देखिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button