केराखेती विस्तार

धनगढी, २७ असार –

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमतर्फ यस वर्ष ५० हेक्टर जग्गामा केराखेती विस्तार गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

केराखेती विस्तार गर्न आयोजना क्षेत्रका ४८ जना कृषि उद्यमीलाई केराको बोट ७५ प्रतिशत अनुदानमा तथा मलखाद निःशुल्क उपलब्ध गराइएको आयोजनाको कृषि कार्यक्रमका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कृषि उद्यमीलाई विलियम हाइब्रिड जातको केराको बोट उपलब्ध गराइएको हो ।

कृषकले ‘जिढ’ जातको केराको बीउ माग गरिरहेका छन् । धान र गहुँको परम्परागत खेतीको तुलनामा केराखेतीबाट मनग्य आम्दानी देखिएपछि कृषक केराखेतीतर्फ आकर्षित भएका हुन् । आयोजना क्षेत्रमा चार वर्षदेखि केराखेती गर्न थालिएको हो । हालसम्म करिब पाँच हजार मेट्रक टन केरा बजारमा बिक्री भइसकेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button