धनगढी, २७ असार –
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमतर्फ यस वर्ष ५० हेक्टर जग्गामा केराखेती विस्तार गरिएको छ ।
केराखेती विस्तार गर्न आयोजना क्षेत्रका ४८ जना कृषि उद्यमीलाई केराको बोट ७५ प्रतिशत अनुदानमा तथा मलखाद निःशुल्क उपलब्ध गराइएको आयोजनाको कृषि कार्यक्रमका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कृषि उद्यमीलाई विलियम हाइब्रिड जातको केराको बोट उपलब्ध गराइएको हो ।
कृषकले ‘जिढ’ जातको केराको बीउ माग गरिरहेका छन् । धान र गहुँको परम्परागत खेतीको तुलनामा केराखेतीबाट मनग्य आम्दानी देखिएपछि कृषक केराखेतीतर्फ आकर्षित भएका हुन् । आयोजना क्षेत्रमा चार वर्षदेखि केराखेती गर्न थालिएको हो । हालसम्म करिब पाँच हजार मेट्रक टन केरा बजारमा बिक्री भइसकेको बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution