चिडियाखानालाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने

काठमाडौँ, २८ असार –

पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभएको हो ।

चिडियाखानामा हाल झन्डै ४०० बालबालिका यहाँको गतिविधिमा सहभागी रहेकाले शैक्षिक संस्थाका रुपमा विकास गर्न सकिने बताउनुभएको हो ।

नीति नहुँदा सञ्चालन गर्न समस्या हुने भएकाले सरकारले नीति निर्माण गरे व्यवस्थापन गर्न सहज हुने प्रमुख ज्ञवालीको भनाइ छ । बालबालिकालाई नियमितरुपमा यस्ता स्थानको अवलोकन गराउँदा उनीहरुले जीव जनावरप्रति गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आउने छ ।

झन्डै ४०० बालबालिका चिडियाखानामा रहेका जीव जनावरलाई खाना खुवाउने, सरसफाइलगायतको काममा सहभागी हुँदै आएको व्यवस्थापनले बताएको छ।

वार्षिकरुपमा कुल बजेट रु आठ करोड रहेको चिडियाखानामा वार्षिक १० लाख सर्वसाधारणले अवलोकन गर्दै आएका छन् । वार्षिक रुपमा रु एक करोड ५० लाख जीव जनावरलाई खाना खुवाउनको लागि खर्च हँुदै आएको छ । बाघलाई दैनिक १० किलो भैँसीको मासु र हात्तीको लागि आठ किलो धान, फर्सी, गाँजरलगायत खाना खुवाउने गरिएको छ ।

जम्मा ६ हेक्टर क्षेत्रफलमा रहेको सदर चिडियाखानामा झन्डै ९०० जीव जनावर तथा चरा रहेका छन् । उक्त सङ्ख्यालाई हेर्ने हो भने उक्त स्थान अत्यन्तै साँघुरो भएको छ । चिडियाखानालाई भक्तपुरको सूर्यविनायकमा सार्ने तयारीका कामहरु पनि भइरहेको बताइएको छ ।

विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेरले निजी रुपमा खोल्नुभएको चिडियाखाना विसं २०११ देखि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button