काठमाडौँ, २८ असार –
माओवादी केन्द्रले आज २ बजे संसदीय दल सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारलाई समर्थन दिने नदिने बिषयमा पार्टीको निर्णय सुनाउने भएको छ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले अहिले जारी पार्टी हेडक्वाटर बैठकको निर्णय सुनाउन पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिइन् ।
हेडक्वाटर बैठकमा अधिकांश नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेको बताउँदै उनले सरकारलाई समर्थन जारी राख्ने वा फिर्ता लिने बिषयमा पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गरिने बताइन् ।
स्रोतले भने माओवादी केन्द्रले राष्ट्रपति विद्या भण्डारीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे जानकारी गराइसकेको दाबी गरेको छ ।





