काठमाडौँ, २८ असार –
सत्ता साझेदार मुख्य दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै बाहिरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आफ्ना मन्त्री वाहिरिएको पत्र प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बुझाई सक्नुभएको छ । सहमतीय सरकारका लागि भन्दै हिजो दिनभर प्रयास गरेको माओवादी केन्द्रले आज सरकारबाट वाहिरिने निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्न सो पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । माओवादी केन्द्रको निर्णयसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रको निर्णयपछि के गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आन्तरिक छलफल शुरु गर्नुभएको छ । यसअघि सो पार्टीले सरकारबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।
दाहालले हिजो प्रधानमन्त्री केपी ओली र कंग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गर्नुभएको थियो । देउवाले अर्को सरकार बनाउने भए तत्काल सरकारबाट फिर्ता हुन आग्रह गर्नुभएको थियो । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले यसअघि भएको ९ बुँदे लिखित र अर्को भद्र सहमति पालना नगरेको आरोप लगाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution