भोजपुर, २८ असार –
नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ ।
चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन हुने भए पनि अहिले भने संस्थान सुनसान बनेको छ ।
पहिले चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन र प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भीड लाग्ने गरेकोमा आजभोलि दिनमा फाट्टफुट्ट एक दुई जना खाद्य संस्थानको गोदाममा पुग्ने गरेका छन् । आव २०७१-०७२ मा ठेक्कामार्फत एक हजार १०० क्विन्टल चामल खरिद गरिएको भए पनि हालसम्म खपत भइनसकेको संस्थानले जनाएको छ ।
चामल खपत नभएपछि प्रत्येक आवमा ढुवानी गर्नुपर्ने चामलको लागि टेन्डर आह्वान समेत गर्न छाडिएको छ । चामल खपत हुन छाडेपछि आव २०७३÷७४ मा चामलको टेन्डर गर्ने कि नगर्ने भन्ने अन्योलमा संस्थान रहेको खाद्य संस्थानका कर्मचारी महेन्द्र आपगाईंले बताउनुभयो ।
गाउँ–गाउँसम्म यातायातको पहुँच पुगेसँगै उपभोक्ताको घर घरमा चामल पुग्न थालेपछि खाद्य संस्थानको चामल उपभोक्ताले प्रयोग गर्न छाड्दा सड्ने अवस्थामा पुगेको हो ।
भोजपुर कारागार र स्थानीयले क्रमशः २००0-२०० क्विन्टल गरी ४०० क्विन्टल खपत भएकोबाहेक बाँकी ७०० क्विन्टल गोदाममै मौज्दात रहेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution