पाँचथर, २८ असार –
सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् ।
सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा९एमाले०, राप्रपा नेपाल र सांसद विकास कोषबाट गरी रु २३ लाख सङ्कलन भएको सामुदायिक सेवा केन्द्रका महासचिव मोहनकुमार दाहालले बताउनुभयो ।
फिदिम नगरको शनिबारे हटिया लाइनदेखि चारवरेसम्म र बसपार्कदेखि जिल्ला प्रहरी कार्यालयको ढोकासम्मको क्षेत्रमा क्यामेरा जडानसँगै फिदिमनगर अब २४ सै घन्टा सिसिटिभीको निगरानीमा रहने छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution