माओवादीका मन्त्री सरकारबाट फिर्ता

काठमाडौँ, २८ असार –

नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा(एमाले)नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले कार्यान्वयन गर्न तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो ।

वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएको हुँदा पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको उल्लेख छ ।

माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी समेत प्रधानमन्त्री ओलीलाई गराएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते नौबुँदे सहमति भएको थियो । पत्रमा संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवम् थारू लगायत सबै आदिवासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button