एमाले स्थायी कमिटी साँझ बस्दै

 

काठमाडौँ, २८ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ ।

सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ । माओवादीले सरकारबाट फिर्ता हुने पत्र दिएपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य केही मन्त्री तथा पूर्वसभामुख सुवास नेम्वाङ लगायतसँग अनौपचारिक छलफल गर्नुभएको थियो ।

स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button