काठमाडौँ, २८ असार –
सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ ।
सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ । माओवादीले सरकारबाट फिर्ता हुने पत्र दिएपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य केही मन्त्री तथा पूर्वसभामुख सुवास नेम्वाङ लगायतसँग अनौपचारिक छलफल गर्नुभएको थियो ।
स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution