पर्यटन आथिक विकासको आधार

काठमाडौँ, २८ असार –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै सर्वोच्च सगरमाथा, होचो केचना, १२३ भाषाभाषी तथा जताततै सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल पर्यटनको क्षेत्रलाई विकास गर्ने कच्चापदार्थका रुपमा रहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल पर्यटन मजदुर सङ्घले आफ्ना मजदुरलाई उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको कच्चापदार्थका रुपमा रहेको सुन्दर हिमाल, पहाड, तराई, नदीनाला, जनजातिको १२३ भाषाभाषी हामीले कतैबाट खरिद गर्नु पर्दैन्, हाम्रो आथिक विकासको आधार नै यही हो ।”

उच्च हिमाली क्षेत्रको भ्रमण तथा सगरमाथाको आरोहणमा आउने विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउने तर्फ पर्यटन व्यवसायी तथा मजदुरले जोड दिनुपर्ने औँल्याउँदै जोखिम मोलेर काम गर्ने मजदुरलाई व्यवसायीले शोषण गर्न नहुने तथा उनीहरुलाई पनि प्रोत्साहन दिनुपर्नेमा मन्त्री पोखरेलको जोड थियो।

नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जनक चौधरीले विश्वका अन्य मुलुकका श्रमिकले बटुलेको श्रम तथा उनीहरुको अनुभव सेयर गरेर हाम्रो सीप र दक्षता बढाउनुपर्ने चर्चा गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष देवेन्द्र कुँवरले पर्यटन क्षेत्रको विकासका लागि सरकार, श्रमजीवी तथा व्यवसायीको साझा धारणा तयार गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । टानका अध्यक्ष चन्द्र रिजालले तालिम लिएका मजदुरले आफूले प्राप्त गरेको सीप ब्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन श्रमिक सङ्घका अध्यक्ष कपिल पाण्डे, कार्यक्रम संयोजक फुर्वा शेर्पा, पर्यटन व्यवसायी रामबहादुर श्रेष्ठलगायतका वक्ताले पर्यटन व्यवसायको विकास, व्यवसायी र मजदुरको भूमिकामाथि प्रकाश पार्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button