पत्रकार नारायण शाही माथि भएको हातपात र दुव्र्यवहार प्रति भत्र्सना गर्दै कारबाहीको माग

पोखरा, २८ असार –

सोमवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत केही प्रहरीले पत्रकार नारायण शाही माथि गरेको हातपात र दुव्र्यवहार प्रति विभिन्न संघसस्थाले घोर भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेको छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल पत्रकार महासंघ, कास्की द्द्वारा सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘गण्डकी टेलिभिजन र आदर्श समाज दैनिकमा कार्यरत पत्रकार नारायण शाही माथि सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको हातपातको नेपाल पत्रकार महासंघ, कास्की घोर भत्र्सना गर्दछ ।‘

पत्रकार महासंघका सदस्य समेत रहेका शाहीमाथि ट्राफिक प्रहरीले कार्यालय परिसरमै गरेको कुटपिटले समग्र पत्रकारको सुरक्षामाथि प्रश्न चिन्ह खडा गरेको भन्दै विज्ञप्ती मार्फत कुटपिटको तुरुन्त छानबिन गरी दोषी उपर कारबाही गर्न महासंघले अनुरोध गरेको  छ । साथै महासंघले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाएको ध्यानाकर्षण समेत गराएको  छ ।

यसैबीच प्रेस सेण्टर नेपाल कास्कीले पनि आजै विज्ञप्ती निकालेर घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा प्रेस सेण्टर नेपाल दोषीमाथि आवश्यक कारवाहीको माग गर्दै उनीहरुलाई कारवाहीको दायरामा नल्याईए बढो महत्वाकाँक्षाका साथ ल्याईएको प्रहरी मेरो साथी अभियान शुरु भएकै दिन असफल भएको सिद्ध हुने ठहर प्रेस सेण्टर कास्कीले गर्दछ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button