काठमाडौँ, २८ असार –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयन्ती माध्यामिक विद्यालय दैलेखका विज्ञान शिक्षक सरयुगप्रसाद साहले पेस गर्नुभएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार माध्यमिक तहका विज्ञान शिक्षक साहले विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९८७ मा आइएस्सी उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।
साहले विसं २०५३ जेठ १६ देखि २०६० कात्तिक २५ सम्म अस्थायी मावि शिक्षक र २०६० कात्तिक २६ देखि हालसम्म स्थायी मावि शिक्षक पदमा कार्यरत रही भ्रष्टाचार गरेको पाइएकाले हदैसम्मको कारबाहीका माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution