विज्ञान शिक्षकविरुद्ध मुद्दा

काठमाडौँ, २८ असार –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयन्ती माध्यामिक विद्यालय दैलेखका विज्ञान शिक्षक सरयुगप्रसाद साहले पेस गर्नुभएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार माध्यमिक तहका विज्ञान शिक्षक साहले विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९८७ मा आइएस्सी उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

साहले विसं २०५३ जेठ १६ देखि २०६० कात्तिक २५ सम्म अस्थायी मावि शिक्षक र २०६० कात्तिक २६ देखि हालसम्म स्थायी मावि शिक्षक पदमा कार्यरत रही भ्रष्टाचार गरेको पाइएकाले हदैसम्मको कारबाहीका माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button