बाढीले सडक र अन्नबालीमा क्षति

  • पोखरा न्यूज
  • २०७३ अषाढ २९
Post Thumbnail

मुगु, २९ असार –

सोमबार राति परेको अविरल वर्षाले गमगढीमा रहेको सडक तहसनहस पार्नुका साथै सडक भएर बगेको बाढीले दिशा परिवर्तन गरी खेती लगाएको जमिनतिर बग्दा लाखौँको अन्नबाली नष्ट गरेको छ ।

बाढीले सदरमुकाम गमगढीमा रहेको गुम्बादेखि जिल्ला अस्पताल जाने चोकसम्म करिब एक किमी लम्बाइ, एक मिटर चौडाइ र एक मिटर गहिराइ भएको गल्छी बनाउँदा सडक तहसनहस भएको छ भने उक्त सडक भएर आएको बाढीले ठिनीको भागतिरको जग्गा कटान गर्दा लाखौँको अन्नबाली नष्ट हुनुका साथै जग्गा चिराचिरा पारेको छ ।

बाढीले जग्गामा लगाएको धान, कोदो, मकैलगायतको लाखौँ मूल्य बराबरको अन्नबाली नष्ट गरेको स्थानीय लोकजङ्ग मल्लले बताउनुभयो । बाढीले नाउलामा रहेको धारा र स्थानीय तेजबहादुर मल्लको घरको अगाडिको भाग पनि बगाएको छ ।

सडक बिग्रिएपछि सदरमुकामको यो सडकमा यातायातका साधन चल्न सकेका छैनन् भने अतिसिकिस्त बिरामीलाई जिल्ला अस्पताल लैजान एम्बुलेन्स चल्न गाह्रो भएको छ ।

गमगढीस्थित गमगढी हावापानी केन्द्रका अनुसार सोमबार राति ४६ दशमलव ५ मिलीमिटर पानी परेको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस