भीमदत्तनगर, २९ असार –
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ ऐरीका एक वृद्ध मङ्गलबार मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाका अनुसार ऐरीका स्थानीय ५५ वर्षीय चन्द्र सोनाहा धानखेतमा मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले ऐरीचौराह नजिकै मृत अवस्थामा सोनाहालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानले उहाँको मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने बताएको छ ।
मृतक सोनाहाको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution