विराटनगर, २९ असार –
मोरङमा मंगलबार विहान विषालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् ।
सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
उनीहरु खेल्नेक्रममा चम्पा (जरकर्नेल) फूलको फल खाएपछि बिरामी परेका हुन् ।
सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution