चितवन, २९ असार –
नारायणगढको कलश होटलमा तीन दिन अघि एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले मङ्गलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुम्दी गाविस–९ धादिङका २६ वर्षीय हेमबहादुर थापा रहेका छन् । उनलाई हिजो दिउँसो धादिङमा पक्राउ गरी राति चितवन ल्याइएको प्रहरीले जनाएको छ ।
निजले भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रिता भुजेललाई असार २६ गते नारायणगढस्थित कलश होटलमा हत्या गरेको प्रहरीको अभियोग छ ।
सो होटलमा भुजेलसँगै बसेका थापाले हत्या गरी फरार भएको प्रहरीले दाबी गरेको छ । पक्राउपछि अभियुक्तले सुरुमा मुसा मार्ने विष मिसाएर खुवाएको र पछि छट्पटिन थालेपछि सलले घाँटी बाँधेर हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution