वालिङ, २९ असार –
स्याङजा जिल्लाको तीनदोबाटे गाविसस्थित बायँटारी बजार नजिकै आँधीखोलाको किनारमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
वडा प्रहरी कार्यालय, वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार बाँयटारी बजार नजिकको पक्की पुलभन्दा अन्दाजी ५०० मिटर माथि आँधीखोलामा ढुङ्गाको कप्चेरामा अड्किएको अवस्थामा मंगलबार दिउँसो शव फेला परेको हो ।
झन्डै १५-२० दिनअघि खोलामा बगेर शव यस ठाउँमा अड्किएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चिन्न नसकिने र दुर्गन्धित अवस्थामा रहेको उक्त शवको परीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइने प्रहरी निरीक्षक बरालले बताउनुभयो । रासस





