जाजरकोट, २९ असार –
यहाँका विभिन्न गाविसका पहिरोका कारण जोखिमयुक्त बस्तीका स्थानीयले रातभर घरमा सुत्न नसक्ने बताएका छन् ।
जिल्लाका भगवती गाविसको वडा नं ३ औलगुत्ता, दह गाविसको वडा नं ५, डाँडागाउँ गाविसको वडा नं ३ र रामीडाँडा गाविसका ३ र ४ का बस्तीका स्थानीय जोखिममा परेका हुन् । जोखिममा रहेका बस्तीमा ५२१ घरधुरी रहेका छन् ।
वर्षायाममा यी बस्तीका स्थानीय पहिरोको डरले गर्दा घर छोडेर जीवन बचाउन रातभर जाग्राम बस्ने गरेको भगवतीका दलबहादुर सिंहले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution