पासाङ ल्हामु राजमार्गमा ढुङ्गा बिछ्याउन सुरु

धुन्चे (रसुवा), २९ असार –

पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्क खण्डको सडकमा ढुङ्गा छाप्ने कार्य दु्रतगतिमा अगाडि बढेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीको अगुवाइमा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, रसुवा उद्योग वाणिज्य सङ्घ, कन्टेनर व्यवसायी तथा स्थानीय बासिन्दा सहभागी भएर ढुङ्गा छाप्ने काम आज बिहानदेखि सुरु भएको हो ।

नेपाल र चीनको प्रमुख व्यापारिक राजमार्गमा पर्ने राम्चे गाविस–१ मूलखर्कको छड्के उकालोमा मोटर नचलेपछि स्थानीय स्तरबाट सडकमा ढुङ्गा छाप्ने काम अगाडि बढाइएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

सशस्त्र प्रहरीको बढी सक्रियता रहने ढुङ्गा छाप्ने कार्य तीन दिनभित्र सम्पन्न गरी सवारीसाधन आवतजावतमा सहज बनाइने लक्ष्यका साथ आफ्नो कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी प्रमुख दर्शन गिरीले बताउनुभयो ।

यस मार्गमा अहिले दैनिक सरदर साना ठूला गरी २०० वटा सवारीसाधन आवतजावत गर्ने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button