आदिकवि भानुभक्तको योगदान स्मरणीय

  • पोखरा न्यूज
  • २०७३ अषाढ २९
Post Thumbnail

काठमाडौँ, २९ असार –

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त अचार्याको योगदानको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा रहेको उहाँको पूर्णकदको शालिकमा आज माल्यर्णप गरिएको छ ।

भानु प्रतिष्ठानद्वारा आज यहाँ आयोजित उक्त कार्यक्रममा नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत प्राडा बासुदेव त्रिपाठी र चलचित्र निर्देशक यादव खरेललाई सम्मान तथा अभिनन्दन गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रती र विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेलले उहाँहरुलाई सम्मान प्रदान गर्नुभयो ।

समारोहमा उपकुलपति उपे्रतीलगायतका साहित्यकारले नेपालका राष्ट्रिय विभूतिका रुपमा रहनुभएका आदिकविको योगदानको बारेमा चर्चा गर्नुभयो । सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले आदिकविप्रति पुष्पहार चढाउनुभयो । समारोहमा भानुजयन्तीको अवसरमा आज आयोजित प्रभातफेरीमा सर्वोत्कृष्ठ ठहरिएको अन्नपूर्ण उच्चमावि असनलाई प्रथम पुरस्कार प्रदान गरियो ।

प्रभातफेरीमा सरस्वती उच्चमावि क्षेत्रपाटी दोस्रो, इन्टेनशीप इन्टरनेशनल कमलादी तेस्रो घोषित भए भने नन्दीमावि नक्साल र रिभेरा इन्टरनेशनलले सान्त्वना पुरस्कार प्राप्त गरयो । यसअघि भानुभक्तको तस्बिरलाई व्यान्डवाजासहित दुईघोडे बग्गीमा राखेर नगर परिक्रमा गराएको थियो । प्रभातफेरीका अवसरमा प्राडा त्रिपाठी र चलचित्र निर्देशक खरेललाई पनि रथारोहण गराएको थियो ।

भानु प्रतिष्ठानले २०३३ साल देखि औपचारिकरुपमा प्रभातफेरी र रथारोहण कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानका अध्यक्ष प्राडा व्रर्तराज आचार्यले जानकारी दिनुभयो । यसअघि नेपाली शिक्षा परिषद्ले आजै बिहान दरवार हाइस्कुल परिषरमा रहेको भानुको अर्धकदको शालिकमा माल्यापर्ण गरिएको थियो । नेपाली शिक्षा परिषद्ले २०१० सालदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

संसारभरको नेपालीले भानुभक्तलाई नेपाली भाषा तथा जातीय चेनताका प्रतिकका रुपमा सम्मान गरी भानुजयन्तीलाई पर्वका रुपमा मनाउँदै आएका छन् ।

विसं १८७१ साल असार २९ गते तनहुँको रम्घामा जन्मनुभएका भानुभक्तले घाँसीको प्रेरणाबाट रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपालीलाई भाषाको माध्यमबाट एकताको सूत्रमा जोड्नु भएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस