उनन्चास सहकारी खारेजीमा

कलैया, २९ असार –

डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत ०७२÷७३ मा ७५५ वटा सहकारी संस्था रहेकामा ४९ वटा संस्था खारेजीमा परेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन ०४८ परिच्छेद १० को दफा ४१, उपदफा ३ बमोजिम उक्त सहकारी संस्था खारेजी गरिएको जानकारी दिनुभयो ।

बारा जिल्ला हालसम्म कृषि ४१५, बचत तथा ऋण २२१, साना किसान कृषि १६, पशुपालन १६, मत्स्य १५, दुग्ध १३, विषयगत पाँच, उपभोक्ता तीन, सञ्चार दुई र तरकारी तथा फलफूल एक सहकारी सञ्चालनमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button