विपी प्रतिष्ठान धरानमा ‘ओपनहार्ट’ शल्यक्रिया सुरु

इटहरी, २९ असार –

अब पूर्वी नेपाल तथा छिमेकी मुलुक भारत बिहारलगायतका मुटुरोगीले काठमाडौं र भारतको नयाँदिल्ली धाउनु नपर्ने भएको छ । त्यस्ता बिरामीले अब सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उच्च दक्षतासहितको उपचार सेवा प्राप्त गर्नसक्नु हुने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्थापनाको २२ वर्षको अवधिमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धेरै ठाउँबाट आएका बिरामीको सफल उपचार गर्ने क्रममा मुटुमा प्वाल परेको र सबैखाले रोगका शल्यक्रिया (ओपन हार्टसर्जरी) गरेर बिरामीको उच्च दक्षतासहितको उपचार सेवा सञ्चालनमा ल्याइसकेको प्रतिष्ठानका उपकूलपति प्रा डा बलभद्रप्रसाद दासले जानकारी दिनुभयो ।

केहीवर्ष अघिदेखि प्रतिष्ठानमा उच्च विशेषज्ञता उपचार सेवा उपलब्ध गराउन सरकारसँग थप आर्थिक सहयोग जुटाइदिन आग्रह गर्दै आएको र भर्खरै भारतको दिल्लीस्थित एम्स अस्पतालबाट कार्डियोथोरासिक सर्जरीमा एमसिएच गरेका चिकित्सक लोकेश जैसवाल प्रतिष्ठानमा आएपछि ओपनहार्ट शल्यक्रिया सेवा दिन थालिएको हो ।

प्रतिष्ठानको सेवालाई विशिष्ठीकरण गर्दै लैजान रु ४५ करोड सरकारसँग आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरिँदै आएकामा वर्तमान सरकारले भर्खरै रु २० करोड दिने भनेर निर्णयसमेत गरेकाले अब प्रतिष्ठानले उक्त सहयोगबाट प्रतिष्ठान परिसरमा विशेष उपचार कक्षसहितको कार्डियो क्याथल्याब, अल्ट्रासाउण्ड उपकरण शल्यक्रिया थिएटरलगायतका मोडुलर क्याथल्याब तयार पारेर अझ विशिष्ठ सेवा उपलब्ध गराउने तयारीमा प्रतिष्ठान जुटिरहेको पनि उपकूलपति प्रा डा दासले जानकारी दिनुभयो ।

यसअघि मुटुसम्बन्धी जटिल समस्याका रोगीलाई अन्यत्र पठाउँदै गर्दै आएको प्रतिष्ठानले अब मुटुमा प्वाल परेका फोक्सोमा रगत गएर मुटुमा समस्या भएकादेखि मुटुको बाइपास सर्जरी पेडियोकार्डियाक सर्जरीलगायतका सेवा अब प्रतिष्ठानको एउटै छानोमुनि बिरामीले प्राप्त गर्नेछन् ।

ओपनहार्ट सर्जरीसँग अन्य रोगको समेत उच्च प्रविधियुक्त उपकरणको सहायताले बिरामीको जाँचसहित उपचार सेवा उपलब्ध गराउने विषयमा प्रतिष्ठानले भरमग्दुर प्रयास गरिरहेका बेला सरकारले पनि आर्थिक सहयोग दिने तयारी गरेकाले अब प्रतिष्ठानले अत्याधुनिक डिजिटल उपकरणको सहयोगले बिरामीलाई जस्तोसुकै कठिन अवस्थामा पनि सन्तोषजनक उपचार सेवा दिन सकिने भएको पनि उपकूलपति प्राडा दासले दाबी गर्नुभयो ।

प्रतिष्ठानमा जुनसुकै सर्जरी गर्ने सुविधासँगै उच्च दक्ष चिकित्सकसमेत प्रर्याप्त रहेकाले ओपनहार्ट सर्जरी सहजरुपमा सञ्चालनमा आएको हो भन्नुहुँदै उहाँले अब प्रतिष्ठानले विगतको जस्तो जटिल चिकित्सकीय समस्यालाई पनि प्रतिष्ठानभित्रै समाधान दिनसक्ने अवस्थामा पुगेको पनि स्पष्ट पार्नुभएको छ ।

गत मङ्सिरदेखि वैशाखसम्म प्रतिष्ठानमा दुई लाख ५८ हजार ५५१ जनाले उपचार सेवा लिएको तथ्याङ्कले देखाएको छ । २०७२ सालभरिमा प्रतिष्ठानको प्रसूति विभागमा भर्ना भएका १० हजार ६८३ जनाले सफल ढङ्गले बच्चा जन्माएको तथ्याङ्कले पनि प्रतिष्ठानप्रति सबै खाले उपचार सेवाको विश्वासनियता बढ्दै गएको मान्न सकिने सूचकाङ्कले देखाएको प्रतिष्ठानले दाबी गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button