सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार छ– नेता शर्मा

काठमाडौँ, २९ असार –

 नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संवाद क्लबले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय सहमतिका लागि आफूहरुले सरकार छाडेको बताउँदै अब संविधान कार्यान्वयन, भूकम्पपीडितको राहत, पुनःनिर्माण र सङ्घीयतालगायत कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक रहेको छ भन्नुभयो । नेता शर्माले मधेसी दलको आन्दोलन चलिरहेकाले सहमतीय सरकार बनाएर उनीहरुको मागलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेकपा(एमाले)का नेता गङ्गालाल तुलाधरले भूकम्पपछि जसरी तीन प्रमुख दल एकै ठाउँमा आए त्यसरी नै अहिले पनि तीनै एकै ठाउँमा आएर संविधान कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । उहाँले सहमतिका लागि सबै राजनीतिक दलले एउटा सूत्र बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “जसरी अहिले केपी ओली सरकारमा टाँसिरहने भन्ने आरोप छ, त्यो गलत हो हामी संवैधानिक किसिमले बहिर्गमन हुन्छौँ ।”
नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले प्रधानमन्त्री ओलीले राजीनामा दिइ सहज वातावरण बनाई मार्ग प्रशस्त गर्नुपर्ने विचार राख्नुभयो ।

“कुनै पनि दल सरकारमा रहनु र नरहनु कुनै ठूलो कुरा हैन”– उहाँले भन्नुभयो, “संविधानमा भएका कुरा जनताले उपभोग गर्न पाउनु ठूलो कुरा हो ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button