घान्द्रुकमा नेतृत्व सिप विकास तथा समुह व्यवस्थापन तालिम

  • पोखरा न्यूज
  • २०७३ अषाढ २९
Post Thumbnail

पोखरा, २९ असार – 

कास्कीको पर्यटकीय गाँउ घान्द्रुक गाविसमा महिला शशक्तिकरण अन्तरगत तिन दिने नेतृत्व सिप विकास तथा समुह व्यवस्थापन तालिम हालै सम्पन्न भएको छ ।

घान्द्रुक मुल आमा समुहका पदाधिकारी तथा वडागत आमा समुहका प्रतिनिधीहरु समेत २५ जना महिलाको सहभागिता रहेको उक्त तालिमको सहजिकरण नारायणी कोईराला, दुर्गा बहादुर क्षेत्री, टेकमान प्रधानाङ्ग र होमनाथ अधिकारीले गरेका थिए । तालिममा नेतृत्वको, अर्थ, अवधारणा र महत्व माथी प्रकाश पार्नुको साथै समुहको महत्व र समुह व्यवस्थापन सम्बन्धी सैद्धान्तीक र व्यवहारीक ज्ञान प्रदान गरिएको थियो ।

समापन कार्यक्रम बोल्दै सहजकर्ता नारायणी कोईरालाले समुह तथा समुदायका विविध गतिविधीमा महिलाको नेतृत्वदायी भुमिका रहने बताईन । कार्यक्रममा समाजसेवीहरु चक बहादुर गुरुङ्ग, तिल बहादुर गुरुङ्ग, रामप्रसाद गुरुङ्ग, एक्यापका प्रतिनिधी आनन्द सुवेदी, घान्द्रुक गाविसका प्रतिनिधी लाल बहादुर श्रेष्ठ लगाएतले आगामी बर्षमा महिला शशक्तिकरणका कार्यक्रममा यथेष्ठ बजेट विनियोजन गरि स्थानिय शासन संचालनमा महिला सहभागिता अभिवृद्धी गर्नु पर्नेमा जोड दिए ।

घान्द्रुक मुल आमा समुहकी अध्यक्ष उदिसुवा गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव कमला गरुङ्ग, सदस्य राधा गुरुङ्ग, वडा नं. ३ कोटगाउं आमा समुहकी अध्यक्ष सुस्मा गुरुङ्ग लगायतले वोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस