पोखरा, २९ असार –
कास्कीमा मंगलबार बेलुका ट्रयाक्टर पल्टिदा एकजनाको मृत्यू भएको छ । लेखनाथ वडा नम्बर–६ ठूली पोखरीमा ना.१ च.१८५० नम्बरको ट्रयाक्टर पल्टिदा तनहुँ ढोरफिर्दीका ट्रयाक्टर चालक २२ वर्षिय केशबहादुर कुमालको ज्यान गएको हो ।
लेखनाथको च्यानेपोखरीबाट अर्घौं अर्चले आउँदै गरेको ट्रयाक्टर राती साढे ८ बजे पल्टिदा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ट्रयाक्टरको अगाडीको दायाँ टायर पञ्चर भई ट्रयाक्टर पल्दिदा कुमाल गम्भीर घाईते भएका थिए । उनलाई स्थानियले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution