प्रेस सेन्टर कास्कीको बैठक सम्पन्न

पोखरा, २९ असार –

प्रेस सेन्टर नेपाल कास्कीको असार २४ गते सम्पन्न एकता अधिवेशनपछिको पहिलो बैठक वुधवार सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बैठकले सल्लाहकार समिति चयन, सचिवालय समिति गठन तथा थमन महेश स्मृति पत्रकारिता पुरस्कारका लागि कोष वनाउने लगायतका निर्णण गरेको छ ।

सेन्टर कास्कीको सल्लाहकारमा त्रिभुवन पौडेल, लोकप्रसाद वञ्जरा, रतन गुरुङ, गोमा घिमिरे(रुची) र रामप्रसाद तिमिल्सनालाई बैठकले सर्वसम्मत रुपमा चयन गरेको छ । साथै बैठकले ११ सदस्यिय सचिवालय समिति गठन गर्ने निर्णय गरेको छ ।

सचिवालयमा अध्यक्ष विभु भुषाल, उपाध्यक्षहरु दीपक परियार, सन्देश श्रेष्ठ, घनश्याम पाण्डे, विश्व सुवेदी, रोशनी गुरुङ सचिव कृष्ण दवाडी, सहसचिवहरु भीम थापा, लक्ष्मी सुनार , कोषाध्यक्ष उमा आले तथा सदस्य सुशीला क्षेत्री रहेका छन् । प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएको थमन महेश स्मृति पत्रकारिता पुरस्कार कोषलाई अझ विस्तार तथा मजवुत गर्नको लागि विुभ भुषाल, दीपक परियार, सन्देश श्रेष्ठ, कृष्ण दवाडी र उमा आले रहेको कोष अभिवृद्धि समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले गएको सोमवार पोखराको गण्डकी मिडिया हाउस तथा आदर्शसमाज दैनिकमा कार्यरत पत्रकार नारायण शाही ठकुरीमाथि प्रहरीले दुव्र्यवहार गरेकोमा खेद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button