पोखरा, २९ असार –
प्रेस सेन्टर नेपाल कास्कीको असार २४ गते सम्पन्न एकता अधिवेशनपछिको पहिलो बैठक वुधवार सम्पन्न भएको छ ।
बैठकले सल्लाहकार समिति चयन, सचिवालय समिति गठन तथा थमन महेश स्मृति पत्रकारिता पुरस्कारका लागि कोष वनाउने लगायतका निर्णण गरेको छ ।
सेन्टर कास्कीको सल्लाहकारमा त्रिभुवन पौडेल, लोकप्रसाद वञ्जरा, रतन गुरुङ, गोमा घिमिरे(रुची) र रामप्रसाद तिमिल्सनालाई बैठकले सर्वसम्मत रुपमा चयन गरेको छ । साथै बैठकले ११ सदस्यिय सचिवालय समिति गठन गर्ने निर्णय गरेको छ ।
सचिवालयमा अध्यक्ष विभु भुषाल, उपाध्यक्षहरु दीपक परियार, सन्देश श्रेष्ठ, घनश्याम पाण्डे, विश्व सुवेदी, रोशनी गुरुङ सचिव कृष्ण दवाडी, सहसचिवहरु भीम थापा, लक्ष्मी सुनार , कोषाध्यक्ष उमा आले तथा सदस्य सुशीला क्षेत्री रहेका छन् । प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएको थमन महेश स्मृति पत्रकारिता पुरस्कार कोषलाई अझ विस्तार तथा मजवुत गर्नको लागि विुभ भुषाल, दीपक परियार, सन्देश श्रेष्ठ, कृष्ण दवाडी र उमा आले रहेको कोष अभिवृद्धि समिति समेत गठन गर्ने निर्णय गरेको छ ।
साथै बैठकले गएको सोमवार पोखराको गण्डकी मिडिया हाउस तथा आदर्शसमाज दैनिकमा कार्यरत पत्रकार नारायण शाही ठकुरीमाथि प्रहरीले दुव्र्यवहार गरेकोमा खेद व्यक्त गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution