बाँके (खजुरा), ३० असार –
चालु आवमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षति भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घरगोठ क्षति भएका छन् ।
यस्तै, यस अवधिमा २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढीपहिरो र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ।
यद्यपि अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवीप्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution