डणपुर पहिरो नियन्त्रण गर्न गुरुयोजना

बैतडी, ३० असार –

बैतडीको मल्लादेही गाविसमा रहेको डणपुर पहिरो नियन्त्रणका लागि गुरुयोजना निर्माण गरिएकोे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पहिरोले धेरै धनजनको क्षति भएपछि यो वर्ष जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर २४ पाटन, बैतडीले पहिरो नियन्त्रणका लागि गुरुयोजना निर्माण गरेको हो ।

पहिरोले पुरयाउने क्षतिलाई न्यूनीकरण गर्दै पहिरो रोकथामका लागि अपनाउन सकिने उपायका साथ गुरुयोजना निर्माण गरिएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख तेजनारायण महतोले जानकारी दिनुभयो ।

विसं २०४० देखि सुरु भएको पहिरोले ६० भन्दा बढी घरपरिवारलाई विस्थापित गरिसकेको छ भने अझै पनि मल्लादेहीका वडा नं ३ र ४ का धेरै परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । डणपुर पहिरो करीब ९५ हेक्टर जमिनमा फैलिएको छ । करिब रु पाँच लाखको लागतमा गुरुयोजना निर्माणको कार्य गरिएको छ । पहिरोले घरपरिवार विस्थापित गर्नुका साथै तलतिर रहेको उर्वरभूमिलाई समेत बगरमा परिणत गरेको छ । प्रमुख महतोले भन्नुभयो “आठदेखि १० वर्ष लगातार पहिरो नियन्त्रणका कार्य जारी राख्ने हिसाबले गुरुयोजना निर्माण गरिएको छ ।”

यसैबीच, यो वर्ष पहिरो नियन्त्रणका लागि सो ठाउँमा तारजाली भर्ने र ग्याबियन वाल लगाउने काम सम्पन्न गरिएको छ । करिब रु ४३ लाख बराबरको काम भएको डणपुर पहिरो नियन्त्रण समितिका अध्यक्ष गोपाल साउदले जानकारी दिनुभयो ।

पहिरोको तलतिरबाट पहिरो नियन्त्रणका लागि प्रयास थालिएको छ, उहाँले भन्नुभयो “सो ठाउँमा वृक्षारोपण गर्ने योजना समेत रहेको छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button