काठमाडौँ, ३० असार –
एकसाता अगाडि चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाली एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ ।
बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो ।
गत शुक्रबार हङ्कङका लागि उड्ने क्रममा धावनमार्गमा चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या भएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution