काठमाडौँ, ३० असार –
एकसाता अगाडि चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाली एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ ।
बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो ।
गत शुक्रबार हङ्कङका लागि उड्ने क्रममा धावनमार्गमा चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या भएको थियो । रासस





