महोत्तरीका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर

गौशाला, ३० असार –

महोत्तरी जिल्लाका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर रहेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार वल्र्ड एजुकेसनले विसं २०६८ को जनगणनालाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्याङ्कले महोत्तरीका ३२ बालबालिका अझै विद्यालयसम्म नगएको देखाएको छ ।

उहाँले जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा कक्षा १० सम्म ८५ हजार २०४ विद्यार्थी अध्ययन गरिरहे तापनि यहाँका संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अझै नआइदिएको र दर्ता नै नभएका ३०० भन्दा बढी विद्यालय र मदरसाबाट पनि विद्यालयभित्र र बाहिर रहेका विद्यार्थीको सहि तथ्याङ्क निकाल्न गाह्रो भएको बताउनुभयो ।

विद्यालय बाहिर रहेका विद्यार्थीमध्ये झन्डै ६० प्रतिशत बालिका रहेका र सोमध्ये पनि मुस्लिम, दलित र पिछडावर्गबाट अत्यधिक बालिका तथा किशोरीहरु विद्यालय बाहिर रहेको वल्र्ड एजुकेसनको सहयोगमा समाज विकास केन्द्र नामक संस्थाले आठ गाविसमा गरेको तथ्याङ्क सङ्कलनले देखाएको छ ।

यसरी हजारौँको सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहनुले महोत्तरी जिल्लाको भविष्य अझै अन्धकारमय हुने जिल्लाका बुद्धिजीवीहरुको ठहर छ भने उनीहरुले जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित पक्षसँग विद्यालय पुग्न नसकेका बालबालिकालाई यथाशीघ्र विद्यालय पुग्ने वातावरण तयार गरिदिन माग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button