नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको छ – प्रम ओली

काठमाडौँ, ३० असार –

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

धर्मकीर्ति विहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजना गरिएको एक कार्यक्रममा उहाँले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बान्धुत्व, भ्रातृत्व र मानव जातिको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘‘बुद्धले हामीलाई शान्तिको मार्गदर्शन गर्नुभएको छ । त्यसकारण हामीले उहाँको २५६०औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेका हौँ जसले गर्दा बुद्धका सन्देश संसारभर फैलिन पुगेको छ ।’’ उहाँले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्ध धर्म र दर्शनको स्रोत पनि भएको बताउनुभयो । बुद्धले देखाएको मध्यम मार्ग र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको उहाँले स्पष्ट पार्नुभयो । लुम्बिनी विकासका लागि पर्याप्त बजेट छुट्याइएको उल्लेख गर्दै उहाँले त्यहाँको विकास छिटोछरितो रुपमा गर्न निर्देशन दिएको पनि बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न जापानी प्रोफेसर केन्जो ताङ्गेले पेस गर्नुभएको गुरुयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले पाँच हजार व्यक्ति अटाउने हल निर्माण कार्य पनि अगाडि बढेको र एक वर्षभित्र निर्माण पूरा भइसक्ने जानकारी दिनुभयो ।

विहारका अध्यक्ष भिक्षुणी धम्मवतीले सरकारले बुद्धपूर्णिमाको अवसरमा आयोजना गरेको बौद्ध सम्मेलनले विश्वभर बुद्ध धर्म र शान्तिको सन्देश फैलाउन मद्दत पुगेकामा खुसी व्यक्त गर्नुभयो र त्यसका लागि प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई सधन्यवाद सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलले जन्मदिन अवसरमा भिक्षुणी धम्मवतीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button