रोटरी फिस्टेलको अध्यक्षमा नर बहादुर, मिना सम्मानित

पोखरा, ३० असार –

सामाजिक कृयाकलापमा सर्मपित संस्था रोटरी क्लव अफ पोखरा फिस्टेलको अध्यक्षमा नर बहादुर गुरुङ्गले पदभार ग्रहण गरेका छन । क्लवका २०१५-१६ का अध्यक्ष तेज बहादुर गुरुङ्गले उनलाई आगामी वर्ष २०१६-१७ का लागि पद स्थापन गरेका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

rotary club

पद स्थापन कार्यक्रममा क्लवले हरेक वर्ष प्रदान गर्दै आइरहेको उत्कृष्ट व्यवसायिक अर्वाड  ‘भोकसेनल अवार्ड’ सञ्चार कर्मी तथा सौन्दर्य कर्मी मिना गुरुङ्गलाई प्रदान गरेको छ । हङ्गकङ्ग व्युटी इन्स्टीच्युटका सञ्चालक समेत रहेकी गुरुङ्गले दलित, जनजाती तथा विपन्न वर्गका महिलाहरुलाई शिप सिकाएर रोजगार तर्फ उन्मुख गराउँदै आएकीछन । सो अवसरमा क्लवमा आवद्धहरुका छोरा–छारीहरुलाई उनीहरुले विभिन्न शैक्षिक तह उत्र्तिण गरेका आधारमा सम्मान गरिएको थियो । क्लवमा सर्वोत्कृष्ट कार्य गरे वापत लक्ष्मी थापालाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्व रोट्याक्टर डा. नर्मता केसीलाई विधिवत रुपमा क्लवको सदस्यता प्रदान गरिएको थियो ।

क्लवले ताप्लेजुङ्गको साङ्गसावुमा करिव ४१ लाखको लागतमा विद्यालय निर्माण सम्पन्न गरिसकेको छ । त्यसै गरि पर्वतको हुवास स्थित जनसेवा उच्चमावीमा अन्तराष्ट्रिय रोटरी क्लव अफ रोभरडेल र हायटनको सहयोगमा  करिव ३६ लाखको लागतमा खानेपानी परियोजना समेत सम्पन्न गरिसकेको छ । क्लवले रोटरी क्लव अफ ड्रोनफिल्ड युकेको सहयोगमा करिव ७० लाखको लागतमा २०७१ सालको भुकम्पवाट भत्किएको कास्कीको रुपाकोटको रुपा मावी भवन निर्माण कार्यलाइ अगाडी वढाएको छ । त्यसै गरि क्लवले तनहुँको फिरफिरेमा भुकम्पवाट क्षती भएको जन प्रेमी उच्च मावीको २ वटा कक्षा कोठा पुर्न निर्माणका लागि २३ लाख प्रदान गरिएको क्लवका २०१५-१६ अध्यक्ष तेज गुरुङ्गले जानकारी दिनुभयो ।

क्लवले निम्न आय भएका ३० जना महिलाहरुलाई उनीहरुको जिविको पार्जनका लागि माइक्रो लोन मार्फत २० हजार प्रदान गरेको छ भने गरिव तथा जेहेन्दार क्षात्रवृती कार्यक्रम अन्तर्गत ७० जना विद्यार्थीहरुलाई छात्रवृती समेत प्रदान गरेको क्लवका उपाध्यक्ष बावुराम पाठकले वताए ।

क्वको पदस्थापन कार्यक्रम संङ्गै भएको रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लवका २०१५-१६ का अध्यक्ष बालकाशी गुरुङ्गले २०१६-१७का अध्यक्ष सुजन गुरुङ्गलाई पदभार हस्तान्तरण गरेकाथिए ।

कार्यक्रममा रोटरी क्लवका डिजिई रोटरियन सञ्जय गिरी, एशिस्टेन्ट गर्भनर रोटरियन हरी सिंह गुरुङ्ग, सम्मानित व्यक्तीत्व मिना गुरुङ्ग, रोटरियन विनोद कोइराला लगाएतले क्लवका विविध पक्षमा धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button