रोटरी फिस्टेलको अध्यक्षमा नर बहादुर, मिना सम्मानित

  • पोखरा न्यूज
  • २०७३ अषाढ ३०
Post Thumbnail

पोखरा, ३० असार –

सामाजिक कृयाकलापमा सर्मपित संस्था रोटरी क्लव अफ पोखरा फिस्टेलको अध्यक्षमा नर बहादुर गुरुङ्गले पदभार ग्रहण गरेका छन । क्लवका २०१५-१६ का अध्यक्ष तेज बहादुर गुरुङ्गले उनलाई आगामी वर्ष २०१६-१७ का लागि पद स्थापन गरेका हुन ।

rotary club

पद स्थापन कार्यक्रममा क्लवले हरेक वर्ष प्रदान गर्दै आइरहेको उत्कृष्ट व्यवसायिक अर्वाड  ‘भोकसेनल अवार्ड’ सञ्चार कर्मी तथा सौन्दर्य कर्मी मिना गुरुङ्गलाई प्रदान गरेको छ । हङ्गकङ्ग व्युटी इन्स्टीच्युटका सञ्चालक समेत रहेकी गुरुङ्गले दलित, जनजाती तथा विपन्न वर्गका महिलाहरुलाई शिप सिकाएर रोजगार तर्फ उन्मुख गराउँदै आएकीछन । सो अवसरमा क्लवमा आवद्धहरुका छोरा–छारीहरुलाई उनीहरुले विभिन्न शैक्षिक तह उत्र्तिण गरेका आधारमा सम्मान गरिएको थियो । क्लवमा सर्वोत्कृष्ट कार्य गरे वापत लक्ष्मी थापालाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्व रोट्याक्टर डा. नर्मता केसीलाई विधिवत रुपमा क्लवको सदस्यता प्रदान गरिएको थियो ।

क्लवले ताप्लेजुङ्गको साङ्गसावुमा करिव ४१ लाखको लागतमा विद्यालय निर्माण सम्पन्न गरिसकेको छ । त्यसै गरि पर्वतको हुवास स्थित जनसेवा उच्चमावीमा अन्तराष्ट्रिय रोटरी क्लव अफ रोभरडेल र हायटनको सहयोगमा  करिव ३६ लाखको लागतमा खानेपानी परियोजना समेत सम्पन्न गरिसकेको छ । क्लवले रोटरी क्लव अफ ड्रोनफिल्ड युकेको सहयोगमा करिव ७० लाखको लागतमा २०७१ सालको भुकम्पवाट भत्किएको कास्कीको रुपाकोटको रुपा मावी भवन निर्माण कार्यलाइ अगाडी वढाएको छ । त्यसै गरि क्लवले तनहुँको फिरफिरेमा भुकम्पवाट क्षती भएको जन प्रेमी उच्च मावीको २ वटा कक्षा कोठा पुर्न निर्माणका लागि २३ लाख प्रदान गरिएको क्लवका २०१५-१६ अध्यक्ष तेज गुरुङ्गले जानकारी दिनुभयो ।

क्लवले निम्न आय भएका ३० जना महिलाहरुलाई उनीहरुको जिविको पार्जनका लागि माइक्रो लोन मार्फत २० हजार प्रदान गरेको छ भने गरिव तथा जेहेन्दार क्षात्रवृती कार्यक्रम अन्तर्गत ७० जना विद्यार्थीहरुलाई छात्रवृती समेत प्रदान गरेको क्लवका उपाध्यक्ष बावुराम पाठकले वताए ।

क्वको पदस्थापन कार्यक्रम संङ्गै भएको रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लवका २०१५-१६ का अध्यक्ष बालकाशी गुरुङ्गले २०१६-१७का अध्यक्ष सुजन गुरुङ्गलाई पदभार हस्तान्तरण गरेकाथिए ।

कार्यक्रममा रोटरी क्लवका डिजिई रोटरियन सञ्जय गिरी, एशिस्टेन्ट गर्भनर रोटरियन हरी सिंह गुरुङ्ग, सम्मानित व्यक्तीत्व मिना गुरुङ्ग, रोटरियन विनोद कोइराला लगाएतले क्लवका विविध पक्षमा धारणा राखेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस