सरकारले घुँडा टेकेन – उपप्रम मैनाली

काठमाडौँ, ३० असार –

उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले वर्तमान सरकारले कुनै पनि विदेशी हस्तक्षेपका सामु घुँडा नटेकी राष्ट्रिय स्वाधीनतालाई उँचो बनाएको बताउनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

आजको आवाज मिडिया र शिक्षालय मासिकले यहाँ आज आयोजना गरेको ‘वाइवाइ एजुकेसन अवार्ड २०७३’ प्रदान गर्दै उपप्रधानमन्त्री मैनालीले पुथ्वीनारायण शाहले दिएको दक्षिणी छिमेकीसँग सजग रहनु र उत्तरी छिमेकीसँग सम्झौता गर्नु भन्ने दिव्योपदेश अहिले पनि सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

नेकपा (माले)का महासचिवसमेत रहनुभएका मैनालीले भन्नुभयो, “नेपालले कसैले आफ्नो अधिनस्थ सोचेको हो भने त्यो गलत हो । सरकारले नाकाबन्दीमा पनि घुँडा नकेटी जनताका साथ पाएको थियो । अब नयाँ पुस्ता र शिक्षाकर्मीले राष्ट्रिय स्वाधीनताको झन्डा उठाउनुपर्छ, नेपालको स्वाभिमान जोगाएर समृद्धिको बाटोमा अघि बढ्नुपर्छ ।”

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान र पुरस्कार प्रदान गरियो । व्यवस्थापिका–संसद्का महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झा, तत्कालीन उमावि शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्मा, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल, त्रिवि प्राध्यापक सङ्घका सभापति प्रा योगेन्द्रनारायण बडवरिया, रत्नराज्य माविका प्रअ डा गीता खरेलल, लुःनिभा बालसरोकार समूहलगायतलाई सम्मानित गरियो ।

यसैगरी शिक्षा पत्रकार सुदर्शन सिग्देल (आजको शिक्षा साप्ताहिक), कोकिला खड्का (द हिमालयन टाइम्स), मकर श्रेष्ठ (कान्तिपुर दैनिक) लाई रु पाँच हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । काठमाडौँ उपत्यकाका विभिन्न पाँच सामुदायिक विद्यालयका पाँच विद्यार्थीलाई रु पाँच हजारको ‘वाइवाइ ज्ञान उदय छात्रवृत्ति पुरस्कार’ प्रदान गरियो ।

समितिका सभापति झाले संसद्बाट शिक्षा ऐन (आठौँ संशोधन) विधेयक पारित भएसँगै शिक्षाका धेरै विद्यमान समस्या समाधान हुन पुगेको भन्दै आफूले सम्मान पाएपछि यस क्षेत्रमा थप सक्रिय भई काम गर्ने बताउनुभयो ।

शिक्षालयका प्रकाशक श्याम तण्डुकारले आगामी दिनमा पुरस्कारलाई थप व्यवस्थित र राष्ट्रिय बनाउने योजना रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button