भारुसहित एकजना पक्राउ

काँकडभिट्टा (झापा), ३० असार –

झापाको काँकडभिट्टाबाट आठ लाख ६० हजार भारुसहित एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पक्राउपर्नेमा गोरखा जिल्ला नामजुङ गाविस–६ बस्ने ४२ वर्षीय कुँवेर लामिछाने रहेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका लामिछानेलाई गस्तीमा खटिएको एपिएफ टोलीले जाँच गर्ने क्रममा बुधबार रकमसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले बताउनुभयो ।

उपरीक्षक भण्डारीले भन्सार चेकपोस्टमा बरामद गरिएको रकमसहित लामिछानेलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पुल्चोकमा पठाइएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button