काँकडभिट्टा (झापा), ३१ असार –
झापामा चालु आवमा ५८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन् । क्यान्सर रोगीको सङ्ख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ । गत आवमा क्यान्सरका २२७ जना रोगी फेला परेका थिए ।
त्यस्तै, मुटु रोगीको सङ्ख्या आवको असार ९ गतेसम्मको अवधिमा १३१ रहेको कार्यालयले जनाएको छ जसमा ६० महिला र ७१ पुरुष रहेका छन् । गत वर्ष भने १२२ जना मुटु रोगमा बिरामी झापामा फेला परेका थिए ।
झापामा क्यान्सर, मुटु पछि उस्तै भयावह भन्दै गएको मिर्गौला रोगीको सङ्ख्या ६९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये २० जना महिला र ४९ जना पुरुष रहेका छन् । गत आवमा यो रोगबाट ६६ जना पीडित बनेको कार्यालय प्रमुख चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।
नसर्ने भनिएका यी रोगको उपचारमा सरकारले रु एक लाखसम्म उपचार खर्च ब्यहोर्न थालेपछि कार्यालयमा सिफारिस लिन ५ वर्षदेखि ७४ वर्षसम्मका व्यक्ति आउने गरेको प्रमुख मेहताले बताउनुभयो ।
उहाँका अनुसार गत वर्षको तुलनामा यी तीनै रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । मेहताले सन्तुलित खानाको कमी, नियमित व्यायाम नगर्ने र प्रदूषणयुक्त वातावरणको असरका कारण पनि यी रोगका बिरामी बढ्दै गएको बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution