लोपोन्मुख राजीका घरमा बिजुली

धनगढी, ३१ असार –

नगरका बासिन्दा भएर पनि अहिलेसम्म बिजुलीको सुविधा पाउन नसकेका कैलालीको टीकापुरका लोपोन्मुख राजी समुदायका परिवारको घरमा बल्ल बिजुली बल्न थालेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

टीकापुर नगरपालिका–९ राजीपुरमा बसोबास गर्ने राजीका घर छेउबाट बिजुलीको तारसहितको खम्बा गाडिएको वर्षौं भएपनि आर्थिक समस्याका कारण उनीहरुले आफ्नो घरमा बिजुली जडान गर्न सकेका थिएनन् ।

“१८-२० वर्ष अघि नै बस्ती छेउबाट बिजुलीको तार तानिएको भएपनि आर्थिक समस्याका कारण आफूहरुले घरमा बिजुली जडान गर्न सकेका थिएनौँ, स्थानीय चित्रबहादुर राजीले भन्नुभयो– जलवायु अनुकूलन कार्यक्रम ९लापा० अन्तर्गत सोलार बत्ती जडान गरिन थालेकाले खुसी भएका छौँ ।” राजीपुरमा रहेका झन्डै २५ घरधुरीमध्ये आठ घरमा सोलार जडान भइसकेको छ भने बाँकी घरमा समेत यो बत्ती जडान गर्ने तयारी भइरहेको जनाइएको छ ।

लापाका जिल्ला संयोजक सन्तोष खनालले जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयनका क्रममा विद्युतीकरण नभएका बस्तीका ४०५ घरधुरीमा सोलार बत्ती जडान भइरहेको जानकारी दिनुभयो । राजीको बस्तीमा विद्युतीकरण भएपनि उनीहरुले घरमा बत्ती जडान गर्न नसकेको अवस्थामा सोलार बत्ती जडान गरिएको खनालले बताउनुभयो ।

कैलाली जिल्लामा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरका कारण सङ्कटापन्न अवस्थामा रहेका बस्तीमा जलवायु अनुकूलनसम्बन्धी गातिविधि सञ्चालन भइरहेका छन् । जलवायु परिवर्तनको असरका कारण अन्य समुदायको तुलनामा आफूहरु बढी जोखिममा रहेकाले अनुकूलनका थप कार्यक्रम ल्याउन राजीले आग्रह गरेका छन् ।

लोपोन्मुख राजी समुदायको कैलाली जिल्लामा झन्डै ४०० परिवार रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button